धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

धनगढी

   पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको  हो ।

   आज थपिएका संक्रमितमा कञ्चनपुरको बेदकोट नगरपालिकाका एक महिला र १० पुरुष गरी ११ जना, कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ का चार महिला, अछामको चौरपाटी गाउँपालिका वडा नम्वर ५ का दुई महिला र अछामको साँफेवगर नगरपालिका वडा नम्वर ११ का दुई पुरुष रहेको सेती प्रादेशीक अस्पतालद्धारा जारी प्रेश बिज्ञप्तीमा उल्लेख छ ।

  पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा दुई सय ३६ जनाको कोरोना परीक्षण भएको  र ति मध्य १९ जनामा संक्रमण पुष्टि भएको हो ।