धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

६ लेन सडकमा साईकल चलाउने छुट्टै लाईन निर्माण

६ लेन सडकमा साईकल चलाउने छुट्टै लाईन निर्माण

धनगढी । धनगढी, अत्तरिया ६ लेन सडक खण्ड अन्तरगत धनगढी क्षेत्रमा छुट्टै साइकललेन निर्माण गरिएको छ ।

धनगढी उप महानगरपालिकाले ६ लेन सडक खण्डको १४ किलोमिटर सडकमा साईकल लेन निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

धनगढी उप महानगरपालिकाका अनुसार ६ लेन सडक खण्डको भन्सार देखि गेटा सम्म दाँया, बाँयाँ गरी १४ किलोमिटर क्षेत्रमा साइकललेन निर्माण गरिएको हो ।

६ लेन सडकमा निर्माण गरिएको साइकल लेनमा शनिबार धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले साईकल चलाएर तथा उप मेयर कन्दकला रानाले हरियोझण्डा देखाएर साईकल यात्रा सुचारु गरेका थिए ।

उद्घाटन पछि धनगढीका मेयर गोपाल हमाल लगायत साइकल यात्रीहरुले धनगढीको ट्राफिक चौराह हुँदै भन्सार र भन्सार हुँदै विमानस्थल मार्गसम्म साइकल चलाएका थिए ।

यात्रा पछि धनगढीमा मेयर हमालले ‘पर्यावरण संगै नागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर साइकल लेन निर्माण गरिएको बताए ।  दैनिक साइकिलिङ गरेर आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्न चाहने चालकको सम्मानका लागि ६ लेनमा साईकल लेनको निर्माण गरिएको उनले बताए ।


ट्रेन्डिङ