धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली घोषणा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली घोषणा

धनगढी ।प्रधानमन्त्री कप पुरुष एक दीवसिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशकोटी घोषणा गरिएको छ ।

राजु रिजालको कप्तानीमा सुदूरपश्चिम प्रदेश क्रिकेट संघले १४ सदस्यीय टोली  घोषणा गरेको हो । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको पहिलो खेल माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशसँग रहेको छ ।

सुदूरपश्चिमको प्रधानमन्त्री कप खेल्ने टिममा राजु रिजाल (कप्तान), टेक रावत, गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा, किरनकुमार ठगुन्ना, नारायण जोशी, शेर मल्ल, नरेन साउँद, प्रकाश पाण्डेय, मिलन बोहरा, विकास आग्री, दिपक चन्द र भोजराज भट्ट रहेका छन् । त्यस्तै वैकल्पिक खेलाडीहरु अभिशेक पाल, वसन्त खत्री, युवराज खत्री र सन्जय बोहरा रहेका छन् ।


ट्रेन्डिङ