धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लागुऔषध सहित भजनीबाट २ जना पक्राउ

लागुऔषध सहित भजनीबाट २ जना पक्राउ

धनगढी । कैलालीको भजनीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका प्रहरीले जननाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–९ पहलवानपुर झुलंगे पुल नजिकै भित्री सडक खण्डबाट घोडाघोडी नगरपालिका–१ सुखडका २६ वर्षीय प्रसान्त चौधरी र भजनी नगरपालिका– ४ का २७ वर्षीय अभिशेख चौधरी ६ ग्राम ६ सय ३० मिलीग्राम लागुऔषध सहित पक्राउ परेका हुन् ।

प्रसान्तले चलाएको से ४ प ३४४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीबाट सादा पोसाकमा खटिगएको प्रहरी टोलीले शनिवार साँझ ६ बजेतिर पक्राउ गरेको हो । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


ट्रेन्डिङ