धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बझाङ सदरमुकाम चैनपुरको पसलमा आगलागी लाखौंको क्षेति भएको अनुमान

बझाङ सदरमुकाम चैनपुरको पसलमा आगलागी लाखौंको क्षेति भएको अनुमान

धनगढी । बझाङ जिल्ला सदरमुकाम चैनपुर स्थित जंगबहादुर स्टोरमा आगलागी हुँदा लाखौंको क्षेति भएको छ ।

सामोबार दिउँसो लागेको आगोका कारण स्टोरमा रहेको ७० प्रतिशत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

‘आगलागीको कारण पत्तालागेको छैन,’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक भरत शाहले भने, ‘तर आगलागीका कारण ठुलो भौतिक क्षेति भएको छ ।’

मध्यान्नमा लागेको आगो जयपृथ्बी नगरपालिकाको दम्कल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लगिएको प्रहरी प्रमुख शाहले बताए ।

बझाङ जिल्ला सदरमुकाममा दशकौं देखि सञ्चालनमा रहेको सो पसलमा कति सामान थियो भन्ने समेत एकिन नभएको उनले बताए । दार्चुलाका बिरेन्द्र सिंहले सो पसल सञ्चालन गर्दै आएका थिए ।


ट्रेन्डिङ