धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बझाङमा आगलागीबाट ६० लाख बढीको क्षेति भएको अनुमान

बझाङमा आगलागीबाट ६० लाख बढीको क्षेति भएको अनुमान

धनगढी । बझाङ सदरमुकाम चेनपुरमा सोमबार भएको आगलागीका कारण ६० लाख भन्दा बढीको क्षेति भएको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार चैनपुर स्थित जंगबहादुर स्टोलमा सोमबार विद्युत सर्टभएर आगलागी भएको थियो । दार्चुलाका सनम सिंह ब्यासीले सञ्चालन गर्दै आएको पसलमा सोमबार दिउँसो आगलागी भएको थियो ।

आगलागीबाट करिब ६० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक विवरण आएपनि पुर्ण विवरण अझै नआएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक भरत शाहले बताए ।


ट्रेन्डिङ