धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

रुखबाट खसेर किशोरीको मृत्यु

रुखबाट खसेर किशोरीको मृत्यु

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ सुखडकी राधा थापाको रुखबाट खसेर मृत्यु भएको छ । मंगलबार दिउँसो स्याउला काट्न गएकी १९ वर्षीया राधाको रुखबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।

घर नजिकैको जंगलमा स्याउला काट्ने क्रममा रुखबाट खसेर अचेत भएकी उनलाई सुखड अस्पताल लगिएकामा धनगढीस्थित निसर्ग अस्पताल रेफर गरिएको र निसर्गमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


ट्रेन्डिङ