टेलिकमको कवाड विक्रिमा अख्तियारले छानविन गर्ने

टेलिकमको कवाड विक्रिमा अख्तियारले छानविन गर्ने

धनगढी नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरियाको कबाड प्रकरणको अख्तियारले अनुसन्धान गर्ने भएको दूरसञ्चार निर्देशनालय, अत्तरियाले अभिलेखमा कम तौल देखाएर बढी तामाजन्य कबाड विक्री गरेपछि अख्तियारले अनुसन्धान गर्ने भएको हो

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरका प्रमुख रमेश कुमार केशीले अख्तियारले अनुसन्धानको प्रक्रिया सुरु गरेको बताए उनले भने, ‘टेलिकमको कबाडका विषयमा हामी अनुसन्धान गर्दैछौ प्रमुख जिल्ला अधिकारी ज्यूले छानबिन समिति पनि बनाउनु भएको रहेछ छानबिन समितिको प्रतिवेदन पनि मागेका छौ हामी आफ्नो तरिकाले पनि अनुसन्धान गर्छौ सबै क्षेत्रबाट सूचना सङ्कलन गर्ने काम हुँदैछ

नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरिया बिएसएल कन्स्ट्रक्सन काठमाडौँका बिच ९६ हजार दुई सय ५७ दशमलव ३५ किलोग्राम तामाजन्य कबाड विक्रीका लागि सम्झौता भएको थियो प्रति किलोग्राम सय ५० रुपैयाँका दरले कबाड विक्री गर्ने सम्झौता गरेको थियो तर, टेलिकमले अभिलेखको भन्दा दोब्बर कबाड बिएसएललाई दिएपछि विवाद आएको हो। नेपाल टेलिकमका उच्च कर्मचारी कम्पनीको बिचमा सम्झौताको भन्दा बढी कबाड विक्रीमा मिलेमतो भएको हो

कम्पनीले निर्देशनालयको खातामा मंसिर २२ गते करोड १९ लाख चार हजार चार सय १६ रुपैयाँ जम्मा गरेको कम्पनीले पुस गतेबाट टेलिकमको गोदामबाट कबाड सङ्कलन सुरु गरेको थियो। तर, टेलिकमका गोदामहरूबाट सङ्कलन गरिएको तामाजन्य कबाडको तौल ट्रकहरूमा रहेको कबाडको तौलमा फरक फरक परेपछि आर्थिक हिनामिना भएको आशँका गरिएको

टेलिकमले १५ हजार सय ७९ किलोग्राम भनेर बिक्री गरेको कबाड २९ हजार एक सय ३० किलोग्राम फेला परेको थियो एक करोड ३३ लाख १३ हजार तीन सय ७२ रुपैयाँ ३१ पैसा बढीको तामाजन्य कबाड टेलिकमले बढी दिएको देखिएको हो

टेलिकमले धनगढी कार्यालयबाट २८ हजार सय ७० किलो, भजनीबाट एक हजार सय ३७ किलो, टीकापुरबाट १० हजार एक सय ४४ किलो गेटाबाट १५ हजार सय ७९ किलो गरी ६७ हजार दुई सय ४९ किलो तामाजन्य सामग्री खरिद गरेको टेलिकमको प्रादेशिक निर्देशनालयको अभिलेख सम्झौता अनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेल्धुरा दीपालयबाट सामान उठाउन बाँकी