धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि

धनगढी

 पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा आज गरिएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको बिज्ञप्ती मार्फत  जानकारी दिईएको छ ।

    सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार आज थपिएका कोरोना संक्रमितमा कैलालीको कैलारी गाउँपालिका–४ का दुई महिला र दुई पुरुष गरी ४ जना,  गोदावरी नगरपालिका दुई पुरुष र एक महिला गरी ३ जना, धनगढी उपमहानगरपालिका–१८ का एक पुरुष र एक महिला गरी २ जना, टिकापुर नगरपालिका–१ का एक पुरुष रहेका  छन् ।

  यसैगरी आजै थपिएका संक्रमितमा कञ्चनपुरको बेदकोट नगरपालिका एक महिला र एक पुरुष गरी दुई जना, कञ्चनपुरकै भिमदत्त नगरपालिका–४ का एक पुरुष र बझाङको खप्तडछान्ना गाउँपालिका–६ एक महिलामा रहेको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।


ट्रेन्डिङ