धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

बैतडी जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको भने सात जना घाइते भएका छन् जिल्लाको दोगडाकेदार गाउँपालिका कटौजपानीमा जीप दुर्घटना भएको हो

सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जीप कटौज पानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए

जीपमा सवार दोगडाकेदार कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता जोशीले बताए घाइते हुनेमा कालागाउँका ५० वर्षिय बिरे लुहार, २६ वर्षिया घुमरा विष्ट, ४० वर्षिया कृष्णा विष्ट,७० वर्षिया हरिमाया विष्ट, १७ वर्षिय महेश विष्ट ३० वर्षिय जिप चालक भुपेन्द्र विष्ट रहेका छन्

घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको घाइतेहरुको जिल्ला अस्पताल बैतडीम उपचार भैरहेको


ट्रेन्डिङ