धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडी जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कटौजपानीमा जीप दुर्घटना भएको हो ।

सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जीप कटौज पानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए ।

जीपमा सवार दोगडाकेदार–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता जोशीले बताए । घाइते हुनेमा कालागाउँका ५० वर्षिय बिरे लुहार, २६ वर्षिया घुमरा विष्ट, ४० वर्षिया कृष्णा विष्ट,७० वर्षिया हरिमाया विष्ट, १७ वर्षिय महेश विष्ट र ३० वर्षिय जिप चालक भुपेन्द्र विष्ट रहेका छन् ।

घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल बैतडीम उपचार भैरहेको छ ।


ट्रेन्डिङ