धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रहरी हुँ भन्दै पैसा असुलेको आरोपमा बैतडीकी युवति पक्राउ

प्रहरी हुँ भन्दै पैसा असुलेको  आरोपमा बैतडीकी युवति पक्राउ

धनगढी । प्रहरी भन्दै छुट्टा बोलेर पैसा असुलेको आरोपमा बैतडी घर भएकी एक जना युवतिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउद रहेकी छिन् । उनलाई   ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो ।

आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आरोपी विरुद्ध एक जनाले १ लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएका छन् । काठमाडौँ महानगरपालिका–१४ स्थित नैकापमा बस्ने साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले बताए । उनले राष्ट्रिय अनुसन्धानको जवानमा भर्ना गरिदिन्छु भनेर रकम लिएकी हुन्। घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।


ट्रेन्डिङ