धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

धनगढी । डडेल्धुरामा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । १२ वर्षीया बालिका बलात्कारको आरोपमा आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापा पक्राउ परेका हुन् ।

घटना माघ ६ गतेको भएपनि बलात्कृत बालिकाको स्वास्थ्यमा समस्या आएपछि मात्रै आफन्तले घटनाबारे थाहा पाएका हुन् । आइतवार परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याइएकी ती बालिकामाथि उपचारमा संलग्न चिकित्सकले करणी भएको आशंका मानेका थिए ।

त्यसपछि घटनाबारे प्रहरीलाई खबर गरिएको थियो । आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


ट्रेन्डिङ