धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

रुखमा च्याप्पिएर किशोरको मृत्यु

रुखमा च्याप्पिएर किशोरको मृत्यु

धनगढी । बैतडीमा रुखले च्यापेर एक जना किशोरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रवार पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै गरेको सल्लाको रुखमा च्यापिएर मृत्यु भएको हो ।

घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेय रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएका थिए । उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


ट्रेन्डिङ