धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाघको आक्रमणमा परी महिला घाइते

बाघको आक्रमणमा परी महिला घाइते

धनगढी । अछाममा बाघको आक्रमणमा परी महिला घाइते भएकिछन् ।

प्रहरीका अनुसार अछामको ढकारी गाँपालिका–की २४ वर्षीया धना तिमिल्सेना बाघको आक्रमणबाट घाइते भएकी हुन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार बिहीवार घरबाट २ किलोमिटरको दुरीमा बाख्रा चराइरहेकी उनलाई बाघले आक्रमण गरेको थियो ।

उनलाई यपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा बिहीबार साँझ थप उपचारका लागि उनलाई सुर्खेत प्रादेशिक अस्पताल रिफर गरिएको छ ।


ट्रेन्डिङ