धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोरोना संक्रमण पुष्टि भएको चार घण्टामै वृद्धको मृत्यु

विराटनगर

  धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक ७३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

  गत असार ३१ गते सप्तरीको राजविराजबाट प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका बृद्धको बिहीबार राति करिब सवा १० बजे मृत्यु भएको हो ।

   प्रतिष्ठानका अनुसार मृतकको बिहीबार बेलुका करिब ६ बजे कोरोनाभाइरस कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र राती मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोग रहेको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।


ट्रेन्डिङ