धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एमाले डडेल्धुराको अध्यक्षमा कोको छन् आकांक्षि ?

एमाले डडेल्धुराको अध्यक्षमा कोको छन् आकांक्षि ?

धनगढी । नेकपा एमाले  डडेल्धुरा जिल्लाको ९औं जिल्ला अधिवेशन  फागुन ३० गते हुने भएको छ । फागुन  अन्तिम  साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।

अधिवेशन यहीँ फागुन ३० गते  परशुराम नगरपालिका– १२ स्थित परशुराम रङ्ग मैदानमा आयोजना गर्ने निर्णय जिल्ला कमिटीको बैठकले गरिसकेको छ । उक्त अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ ।

अध्यक्षका लागि गजेन्द्र शाही, चक्रप्रसाद स्नेही र विशेश्वर प्रसाद ओझा -विपिन_ ले दावेदारी प्रस्तुत गरिरहेको एमाले वृत्तमा चर्चा छ । शाही एमालेका  जिल्ला संयोजक हुन् । स्नेही पूर्व राष्ट्रिय सभा सदस्य र अनेरास्ववियुबाट आफ्नो राजनीतिलाई उचाइमा पु¥याएका ओझा अमरगढी नगरपालिकाका पूर्व मेयर समेत हुन् ।


ट्रेन्डिङ