धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

४ लाख भन्दा बढीको अवैध सामग्री बरामद

४ लाख भन्दा बढीको अवैध सामग्री बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट ४ लाख भन्दा बढीका अवैध सामान बरामद गरिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१ शान्तिनगर, वडा नम्बर–२ मिलनचोक, वडा नम्बर–३ चौराह, वडा नम्बर–८ धनगढीगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २ लाख १० हजार ३७५ मूल्यको प्याज, चिनी, मिश्री, भाँडा बर्तन, चियापत्ती, बदाम, तेल, नरिवल, मसला लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै भजनी नगरपालिका–३ जवलपुरबाट ८७ हजार ५ सय मूल्यको जुत्ता र चप्पल गरि जम्मा २ लाख ९७ हजार ८ सय ७५ मूल्यको सामान बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उता  कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट भन्सार छली गरि ल्याएका १ लाख २६ हजार मूल्यको चिनी, तोरी, मोटरसाईकल २ थानसहित बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


ट्रेन्डिङ