धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीमा आठ सय सामुदायिक चौपाया गौशालामा संरक्षित

धनगढीमा आठ सय सामुदायिक चौपाया गौशालामा संरक्षित

धनगढी । धनगढी उपमहानगरपालिकाले पालिका भित्रका आठ सय भन्दा बढी सामुदायिक पशु चौपायालाई गौशालामा संरक्षण गरेको छ ।

सामुदायिक पशु चौपायाका कारण नागरिकले हैरानी खेप्नथालेपछि धनगढी उप महानगरले गौशाला निर्माण गरी चौपाया व्यवस्थापन गर्न थालेको हो । धनगढी उप महानगरपालिकाले सडकमा रहेका चौपायामा ट्याग गलागउने काम समेत गर्दै आएको छ ।

उप महानगरका अनुसार हाल सम्म पालिका भीत्रका तीन हजार भन्दा धेरै सामुदायिक पशु चौपायामा ट्याग लगाइएको जनाएको छ । उप–महानगरपालिकाका पशु चिकित्सक डाक्टर समीर ठाकुरका अनुसार दुई समुदाय र इस्कोनबाट सञ्चालित एक/एक गौशालामा सामुदायिक चौपाया राखिएको छ । फूलबारी क्षेत्रका तीन वडाका स्थानीयले पालेका गाई–गोरु भने ट्यागिङ्ग गरिएको छ । ‘सोमवारसम्मको तथ्याङ्कअनुसार नगर क्षेत्रका चारवटा गौशालामा ८ सय ४५ गाई/गोरु राखिएको छ ।


ट्रेन्डिङ