धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडीमा ढुंगा लागेर एकजनाको मृत्यु

बैतडीमा ढुंगा लागेर एकजनाको मृत्यु

धनगढी । बैतडीमा ढुंगा लागेर एकजनाको मृत्यु भएको छ । बालुवा खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर सिगास गाउँपालिका–५ साउनसल्याडीका अन्दाजी ५४ वर्षीय प्रेमसिंह धामीको मृत्यु भएको हो ।

गाउँमा निर्माण भइरहेको साउनसल्याडी सिँचाइ कुलोको लागि बालुवाखानीमा बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर टाउकोमा चोट लागेर धामी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीवार साँझ घटना भएको र सोही राति नै धामीको मृत्यु भएको हो ।


ट्रेन्डिङ