धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बझाङ प्रदेश सभा (क)मा एमालेबाट दमन भण्डारी उम्मेदवार

बझाङ प्रदेश सभा (क)मा एमालेबाट दमन भण्डारी उम्मेदवार

धनगढी । सत्तारुढ दल एमालेले बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र -क_मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रिक्त प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा एमालेले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बझाङ ‘क’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।


ट्रेन्डिङ