धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

आगोमा जलेर महिलाको मृत्यु

आगोमा जलेर  महिलाको मृत्यु

धनगढी । डोटीमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीया चन्द्रादेवी भण्डारीको मृत्यु भएको हो ।

२०/२५ जनाको समूहमा पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्न गएकी उनी बिहीवार अपराह्न करिब ४ बजेतिर वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन् ।

उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएकोमा निसर्ग अस्पतालले शुक्रबार बिहान मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले बताए ।


ट्रेन्डिङ