धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका ७७ संक्रमित निको भएर फर्किए

धनगढीका ७७  संक्रमित  निको भएर फर्किए

 

धनगढी

   धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमण पुष्टी भएका मध्य ७७ जना घर फर्किएका छन् । संक्रमित १७ जनाको उपमहानगरपालिकाको आइसोलेसनमा उपचार भैरहेको छ ।

   उपमहानगरपालिकामा संक्रमण देखिएका  मध्य अस्पतालको आइसोलेसन, नगरपालिकाको आइसोलेसन र होम आइसोलेसनमा बसेका मध्य ९७ जनामा निको भैसकेको  धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा निरीक्षक लक्ष्मी राज उपाध्यायले बताए ।

    धनगढीमा कोरोना संक्रमणका कारण हालसम्म १ जनाको मृत्यु भएको छ भने दुई जनालाई धनगढीमा उपचार सम्भव नभएपछि अन्यत्रै रेफर गरिएको छ ।

   उपाध्यायका अनुसार अनुसार शुक्रबार मात्रै धनगढीका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी हुनेमाा धनगढी उप–महानगरपालिका–१४ का एक महिला र एक पुरुष गरी दुई जना, वडा नम्बर–३ का एक पुरुष र वडा नम्बर–१५ का तीन जना पुरुष रहेका छन् ।

शुक्रबार संक्रमण पुष्टी भएका मध्य वडा नम्बर–३ का संक्रमित साउदी अरबबाट फर्केका व्यक्ति हुन् । स्वास्थ्य इन्चार्ज उपाध्यायका अनुसार वडा नम्बर–३ का ती व्यक्ति जुलाई ६ तारिखमा साउदीबाट फर्केका हुन् । शुक्रबार संक्रमण पुष्टी भएका पाँच जना भने भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका व्यक्ति हुन् ।

उनका अनुसार हाल सम्म धनगढीमा संक्रमण पुष्टी भएका कुल संक्रमित मध्य वडा नम्वर १ का ७, वडा नम्बर २ का ४, वडा नम्बर ३ का पाँच, वडानम्बर ४ का १ जना, वडा नम्बर ५ का १० जना, वडा नम्बर ६ का २ जना, वडा नम्वर ७ का ३ जना रहेका छन् ।

यसैगरी वडा नम्बर ८ का ५ जना, वडा नम्बर ९ का १० जना, वडा नम्बर १० का ३ जनामा संक्रमण पुष्टी भएको छ भने वडा नम्बर ११ का एक जना, वडा नम्बर १२ का २० जनामा कोरोना पुष्टि भएको उपाध्यायले बताए ।  धनगढी –१३ का दुई जना, १४ का ८ जना, १५ का चार जना, १६ का १, १७ का १, १८ का ९ जना र वडा नम्वर १९ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको निरीक्षक  उपाध्यायले बताए ।

 


ट्रेन्डिङ