धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

टी–२० सिरिजमा नेपालले गुजरातसँग खेल्दै

टी–२० सिरिजमा नेपालले गुजरातसँग खेल्दै

धनगढी । नेपालले त्रिकोणात्मक टी–२० सिरिज -फ्रेन्डसिप कप_ अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ बजेर ४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ ।

नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।

बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् । त्यसैले खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकोछ ।

गुजरातको कप्तानी उमांग कुमार र नेपालको रोहित पौडेलले कप्तानी गर्ने छन् । नेपालको कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरि र कुशल मल्ल प्रमुख हतियार हुन् ।

डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन राम्रो छैन । त्यो सुधारको आवश्यक देखिन्छ । विवेक यादव, सन्दिप जोरा र प्रतिश जिसि जस्ता युवा खेलाडीलाई मौका दिएर हेर्न सक्छ ।

दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपालको टोली M रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द ।

गुजरातको टोली M उमांग पटेल(कप्तान) ,अर्यान देशाई, जयविर पारमार, शेन पटेल, हिमांग पटेल, तेजास पटेल, प्रियस पटेल, स्मित पटेल, ऋषि पटेल, जयमित पटेल, जय मलुसार, युवराज जाला, सारल प्रजापति, धरुशान्त सोनि र हर्ष देशाई ।


ट्रेन्डिङ