धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

कैलालीमा भारी बर्षाको संभावना, सचेत रहन आग्रह

कैलालीमा भारी बर्षाको संभावना, सचेत रहन आग्रह

धनगढी

 कैलाली आज भारी बर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरिएको छ ।

 जल तथा मौसम पूर्वानुमान महाखा काठमाण्डौंका अनुसार बंगालको खाडीबाट आएको वास्फयुक्त मनसुनी न्यून चापिय रेखा नेपाल तर्फ बढेका कारण कैलाली संगै सुदूरपश्चिमका विभिन्न स्थानमा भारी बर्षाको संभावना रहेको छ । बर्षाका कारण नदीमा पानीको वहाव बढ्ने हुँदा जोखिम युक्त स्थानका नागरिकले सचेत हुनुपर्ने मौसम विद विभुती पोख्रेलले बताए । मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेकाले नेपालमा मनसुन सक्रिय बनेको मौसम विद पोख्रेलले बताए ।

 राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि लगातार पानी पर्ने भएकाले शतर्कता अपनाउन आग्रह गर्दै सुचना जारी गरेको छ । लगातारको झरीले देशैभरीका नदीमा बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

 आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको भनाइ छ । लगातारको वर्षाले बाढी पहिरो जान सक्ने सम्भावना भएकाले सबैलाई सतर्क रहन भनिएको छ ।