धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

राजपुरमा ‘ग्याङ’ फइट, खुकुरी प्रहार हुँदा दुई घाइते

राजपुरमा ‘ग्याङ’ फइट, खुकुरी प्रहार हुँदा दुई घाइते

धनगढी

 धनगढी उप–महानगरपालिका–१३ कैलाली गाउँ स्थित राजपुरमा ‘ग्याङ’ फाइट हुँदा खुकुरी प्रहार भई दुई जना घाइते भएका छन् ।

 शुक्रबार राती भएको दुई युवा समुह विचको झगडा पछि खुकुरी प्राहर भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । झगडामा परी धनगढी–१३ कै दुई जना घाइते भएका र उनिहरुको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । घाइते मध्य १ जनाको अवस्था गम्भिर भएका कारण थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भइरहेको बुझिएको छ । प्रहरीका अनुसार यस अघि पनि दुई समुह विच सामान्य झगडा भएको थियो ।

 खुकुरी प्रहार गर्ने दुई जना वडा नम्बर–२ का रहेका बझिएको छ । उनिहरु यस अघिपनि विभिन्न अपराधिक कृयाकलापमा संलग्न रहेको पाइएको छ । यस अघिको झगडाको रिस साँझन  चाकुप्रहार गर्ने समुहका ८–१० राजपुर पगेका थिए । प्रहरी नायव उपरिक्षक विष्टले भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताउँदै सैवै कुरा अनुसन्धानपछि मात्रै उपलब्ध गराइने बताए ।



ट्रेन्डिङ