धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

उन्मुक्तिकी सासद  गिरीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

उन्मुक्तिकी सासद  गिरीलाई पदमुक्त गर्ने निर्णय  तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले  अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल  इजलासले आइतबार सुदुरपश्चि प्रदेश सभामा सभामुख सहितका बिपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरेका हुन् ।

सुदुरपचिम प्रदेश सभाबाछ आफुलाई पदमुक्त गर्ने निर्णयका बिरुद्ध गिरीले चैत ३० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । गिरीले प्रदेश सभा सचिवालय समेत ५ जना विरूद्ध रिट दायर गरेकी थिइन् ।

प्रदेश सभा सचिवालयले उनलाई चैत २६ गते सांसद पदबाट मुक्त गरेको सूचना टाँसेको थियो । सर्वोच्च अदालतले उनलाई पदमुक्त गर्ने निर्णयलाई रोक लगाउँदै मुद्दाको अन्तिम किनारा नलाग्दा सम्म सांसदको हैसियतमा काम गर्न दिन पनि आदेश जारी गरेको छ ।