धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025

एसिसि प्रिमियर कपमा नेपालको सहज रुपमा तेश्रो जित

एसिसि प्रिमियर कपमा नेपालको सहज रुपमा तेश्रो जित

ओमानमा जारी एसीसी प्रिमियर कप टी– ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत दर्ता गरेको छ ।

सोमबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो । ११४ रनको झिनो लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गरयो ।

नेपालको जीतमा आशिफ शेखले ४०, कुशल भुर्तेलले ३२, रोहित पौडेलले २५ र सन्दीप जोराले १९ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ११४ रनमा अलआउट भएको थियो ।