अक्फोर्डका विद्यार्थिको नि:शुल्क आँखा परिक्षण

अक्फोर्डका विद्यार्थिको नि:शुल्क आँखा परिक्षण

धनगढी । सूदृष्टी आँखा केन्द्रको सहकार्यमा धनगढी–४ स्थित अक्सफोर्ड युनिभर्स रिडेक्स सेकेन्ड्री स्कुलका विद्यार्थी र अभिभावकको निशुल्क आँखा परिक्षण गरिएको छ । 

अक्सफोर्डको स्वस्थ विद्यार्थी कार्यक्रम अन्तरगत तेस्रो चरणमा विद्यार्थिका आँखा परिक्षण गरिएको जनाईएको छ । स्वास्थ्य राम्रो भय मात्रै विद्यार्थिले ज्ञान आर्जन गर्नसक्ने भन्दै अक्सफोर्डले विगत देखिनै विभिन्न स्वास्थ्य संस्थासंगको सहकार्यमा  विद्यालयमा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गर्दै आएको छ । 
विद्यालयका प्रिन्सिपल लोकराज पन्तका अनुसार पहिलो चरणमा माया मेट्रो अस्पताल संगको सहकार्यमा विद्यार्थिको समग्र स्वास्थ्य परिक्षण गरिएको थिया भने, दोस्रो चरणमा दाँत परिक्षण र तेस्रो चरणमा सूदृष्टी आँखा केन्द्र संगको सहकार्यमा विद्यार्थिको आँखा परिक्षण गरिएको हो । 

पछिल्लो समय बालबालिका मोबाईल र टीभिमा बढी समय विताउन गरेका कारण उनिहरूको आँखाको अवस्था पत्ता लगाउन आँखा परिक्षण गरिएको  प्रिन्सिपल पन्तले बताए ।

आँखा ममनिसको महत्वपूर्ण अङ्ग भएपनि समस्या नपरी आँखा परिक्षण नगर्ने हामी सवैको वानि छ, प्रिन्सिपल पन्तले भने,– तर समयमै आँखा परिक्षण गरे आँखाको ज्योति कायमै राख्न सकिन्छ भन्ने सन्देश दिन विद्यालयले दृष्टि आँखा केन्द्रको सहकमर्यमा आँखा परिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।, 

 नेत्र विशेषाज्ञ डा. सावितृ भट्टको टोलीले आँखा परिक्षण गरेका थिय । आँखा  परीक्षण कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावक गरि साढे ६ सय जनाको आँखा परिक्षण गरियको प्रिन्सिपल पन्तले बताय ।


ट्रेन्डिङ