धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

दुर्घटनाबाट जोगियो बझाङमा बस

दुर्घटनाबाट जोगियो बझाङमा बस

बझाङ । बझाङमा बस खसेको छ। जिल्लाको बित्थडचिर गाउँपालिकाको डुम्रे खोलामा बस खसेको हो। शुक्रवार बित्थडचिरको डुम्रे खोलाको नालीमा बस खसेको हो।

बस नालीमा खसेकोमा अहिले निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक  डीएसपी भरत शाहले बताए। उनका अनुसार बस दुर्घटना हुनबाट जोगिएको छ।

बसमा सामान्य क्षति पुगेको छ। बझाङबाट काठमाडौंका लागि छुटेको सुन्दर सुदूरपश्चिमको ना ८ ख ८६५७ नम्बरको बस खसेको हो। कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बस ठूलो दुर्घटनाबाट जोगिएको छ।
 


ट्रेन्डिङ