धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

कञ्चनपुरमा तीन सय ६१ बोरा गहुँ तस्करी

कञ्चनपुरमा  तीन सय ६१ बोरा गहुँ तस्करी

कञ्चनपुर ।  कञ्चनपुरको दक्षिणी नाका भारतबाट अहिले गहुँ तस्करी भइरहेको छ। जिल्लाको बेलौरी, बेलडाँडीका विभिन्न खुला नाकाबाट गहुँ तस्करी भइरहेको हो। गहुँको सिजन भएकाले तस्कर समूहले भारतमा उत्पादन भएको गहुँ नेपालमा भित्र्याएको छन्। 

गत वैशाखमा नेपाल प्रहरीको बेलौरीको पहुँचबाट सयौँ क्विन्टल गहुँ बरामद गरेको महिना दिन बित्न नपाउँदै फेरि सशस्त्र प्रहरीले जेठ पहिलो साता तीन सय ६१ बोरा गहुँ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले भारतबाट अवैध रूपमा नेपाल भित्रिरहेको ठूलो परिमाणको गहुँ बरामद गरेको बताए। 

उनका अनुसार गहुँसहित सय जोर स्कुले ड्रेसका जुत्ता, ६४ जोर कन्भसर जुत्ता, १४ जोर फेसज जुत्ता, १० जोर स्लिप जुत्ता, आठ जोर चप्पलसहित झन्डै सात लाख २८ हजारको अवैध सामान बरामद गरेर त्रिनगर भन्सार बुझाएको बताए।