कराँते खेलाडीलाई १ लाख पुरस्कार दिने निवर्तमान मुख्यमन्त्री शाहको घाेषणा

कराँते खेलाडीलाई १ लाख पुरस्कार दिने निवर्तमान मुख्यमन्त्री शाहको घाेषणा

धनगढी । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले दक्षिण एसियाली कराँतेमा सफलता प्राप्त गरी आएपछि आफ्नो भत्ताबाट आउने १ लाख खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका छन्।

शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय कराँते छनोट प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान मुख्यमन्त्री शाहले सफलता प्राप्त गरी फर्केलगत्तै १ लाख दिने घोषणा गरेका हुन्।

आठौं दक्षिण एसियाली कराते प्रतियोगिताका लागि सूप कराँते महासंघले आज र भोलि धनगढीमा संचालन गरेको प्रदेश स्तरीय छनोट प्रतियोगिता उद्घाटनमा निवर्तमान मुख्यमन्त्री शाहले आफू मुख्यमन्त्री हुँदा खेलकुद क्षेत्रमा ठूलो बजेट छुट्याएको बताए।

उनले अझैपनि आफू खेल क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताए। शाहले अनुसाशन सबैभन्दा ठूलो कुरा रहेकाले अनुशासन कायम राख्न खेलाडीलाई आग्रह गरे।

उनले भने,’अहिले नेपालको राजनितिमा अनुशासनको खडेरी देखिएको छ’ राजनितिक दलले खेलाडीबाट अनुशासन सिक्न जरुरी छ।