धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

बिश्व दुग्ध दिवसमा अन्तरक्रिया

बिश्व दुग्ध  दिवसमा अन्तरक्रिया

धनगढी M:  बिश्व दुग्ध दिवसको अवसरमा नेपाल डेरी एशोसिएसनले धनगढीमा अन्तरक्रियाको आयोजना गरेको छ ।

डेरी एशोसिएसनका प्रदेश अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले दुधको उपभोग बढाउनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालयका निर्देशक डा.. पान सिंह ठगुन्ना, नेपाल डेरी एशोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमा, वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्याय पशु सेवा बिभागभेटेरीनगर अस्पतालका प्रमुख डा. हेमराज अवस्थी, भेट प्रयोगशालाका वरिष्ट चिकित्सक डा. नरेश प्रसाद जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।