धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

सहकारी पीडितले प्रधानमन्त्रीलाई देखाए कालोझण्डा

सहकारी पीडितले प्रधानमन्त्रीलाई देखाए कालोझण्डा

काठमाडौँ । पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालोझण्डा देखाएका छन्। सोक्रममा प्रहरीले सहकारी पीडितहरुमाथि धरपकड गरेको छ। 

पोखराको सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री दाहाललाई पीडितहरुले कालोझण्डा देखाएका थिए। प्रधानमन्त्री दाहालले सहकारी ठगी प्रकरणमा आरोपितहरुको पक्षपोषण गरेको आरोप पीडितहरुको छ। 

विशेष गरेर उपप्रधान तथा गहमन्त्री रवि लामिछानेको विषयमा प्रधानमन्त्रीले खुलेरै बचाउ गरेको उनीहरुको भनाइ छ। पीडितहरुले केही दिनदेखि पोखरामा प्रदर्शन गर्दै आएका छन्।


ट्रेन्डिङ