धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

सर्पले टोक्दा कैलालीमा एक पुरुषको मृत्यु

सर्पले टोक्दा कैलालीमा एक पुरुषको मृत्यु

धनगढी । कैलालीमा एक पुरुषको सर्पको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका–६ का ४५ वर्षीय पदम कठरीयाको मृत्यु भएको हो। पदमलाई गएराति शौचालय जानेक्रममा सर्पले टोकेको थियो।

सर्पले उनको दायाँ खुट्टामा टोकेको थियो। सर्पको टोकाइबाट घाइते भएका पदमको सेति प्रादेशिक अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 


ट्रेन्डिङ