धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेपाल दलित बिद्यार्थी संघद्धारा नगर सफाई

नेपाल दलित बिद्यार्थी संघद्धारा नगर सफाई

धनगढी

   ३८ औं विपी स्मृति दिवसको अवसरमा नेपाल दलित बिद्यार्थी संघ कैलालीले धनगढी बजार सरसफाई गरेको छ ।

    आज बिहान धगढी बजारका बिभिन्न ठाउँमा गरिएको सरसफाई कार्यक्रममा स्थानीयसँगै धनगढी उपमहानगरपालिका मेयर नृप ओड, उप मेयर सुशिला मिश्र भट्ट सहितका नेताहरु सहभागी भएका थिए । नगर प्रमुख र उप प्रमुख सहितले सडकमा झाडु लगाए । धनगढीको बनदेवी मन्दिर, पार्क मोड, मार्क स्टल, एलएन चौकसम्म सरसफाई गरिएको   थियो ।

 सरसफाई कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा सदस्य टेकबहादुर रैका, अम्बिका थापा, कुमारी नन्दा बम, नेपाली कांग्रेस कैलालीका उप–सभापति प्रकाश बम, नेपाली कांग्रेस कैलालीका नेता नारायण भट्ट, महिला संघका जिल्ला अध्यक्ष पुष्पा भट्ट लगायत थुप्रै नेता कार्यकर्ताहरुको उपस्थिति रहेको नेपाल दलित बिद्यार्थी संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष तपेन्द्र भुषालले बताए ।


ट्रेन्डिङ