धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डोटीमा एक महिला मृत फेला

डोटीमा एक महिला मृत फेला

धनगढी । डोटीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको दीपायल–सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट वनमा मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार शनिवारबाट सम्पर्क विहिन भएकी विष्ट आइतवार बिहान खोलासैन सामुदायिक वनमा मृत फेला परेकी हुन्।

उनको मृत्युको कारण खुलेको छैन। विष्टको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

अस्पतालको प्रतिवेदनपछि मात्र महिला मृत्युको कारण खुल्न प्रहरीले बताएको छ।


ट्रेन्डिङ