धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कार्यकर्ता नछोडेको भन्दै विप्लभद्वारा भोली सुदूरपश्चिम बन्दको घोषणा

धनगढी

 सरकारले धमाधम पार्टीका नेता तथा कार्यकर्ता समातेर दुःख दिनथालेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ९विप्लभ० नेतृत्वले भोली साउन ६ गते बन्दको घोषणा गरेको छ ।

 आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरी रेको भन्दै विप्लव पार्टी सेती–महाकाली ब्यूरोले भोली साउन ६ गते सेती महाकाली बन्दको घोषा गरेको हो । सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै सेती महाकाली ब्यूरोले पूर्व निर्धारित कार्यक्रम अनुसार भोली सुदूरपश्चिम बन्दको घोषणा गरेको हो ।

 विप्लव सेती महाकाली ब्युरोले बिहीबार सार्वजनिक गरेको कार्यक्रम अनुसार साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, आज मशाल जुलुस गर्ने र भोली ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने उल्लेख गरेको थियो ।


ट्रेन्डिङ