धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

डोटीका ४० सहित सुदूरपश्चिममा ४१ जना संक्रमित थपिए

डोटीका ४० सहित सुदूरपश्चिममा ४१ जना संक्रमित थपिए

धनगढी

   सुदूरपश्चिममा  पछिल्लो २४ घण्टामा डोटीका ४० जना सहित ४१ जनामा कोरोना पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो ।

  मन्त्रालयका अनुसार डडेल्धुरामा भएको परीक्षणमा डोटीका ४० जनामा संक्रमण पुष्टि भएको छ । डोटीको शिखर नगरपालिकाका क्वारेन्टाईनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

   यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा भने आज एक जनामा मात्रै कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ५ की १५ बर्षीया बालिकामा कोरोना पुष्टि भएको छ ।