धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

नगदसहित पाँच जना जुवाडे पक्राउ

नगदसहित पाँच जना जुवाडे पक्राउ

दार्चुला । दार्चुलाबाट नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा जिल्लाको महाकाली नगरपालिका–४ जिपपार्कमा रहेको बिरेन्द्र वन गेष्ट हाउसको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलवार राति १०ः४५ बजे पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा कञ्चनपुरको बेतकोट नगरपालिका–९ का ४० वर्षीय खडकबहादुर मल्ल, डडेल्धुराको पर्शुराम नगरपालिका–९ बस्ने ३८ वर्षीय अंगद बोहरा, बैतडीको सुर्नया गाउँपालिका–१ बस्ने ३८ वर्षीय दिपक चन्द रहेका छन्।

यसैगरी दार्चुलाको महाकाली नगरपालिका–४ बस्ने ३५ वर्षीय पुरनराम खत्री र दार्चुलाको महाकाली–४ कै ३५ वर्षीय प्रेम दत्त जोशीसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।

उनीहरुको साथबाट नगद १ लाख २२ हजार ४७० र २ गड्डी तास नियन्त्रणमा लिएको सिंहले जानकारी दिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


ट्रेन्डिङ