धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

साफेँ–मार्तडी सडक अवरुद्ध

साफेँ–मार्तडी सडक अवरुद्ध

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका वडा नं २ ताँप्री सेरा नजिकै गए राति सडकमाथिबाट पहिरो खसेपछि साफेँ–मार्तडी सडक अवरुद्ध भएको छ।

पहिरोले सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीसम्म आउने र जाने सवारी साधनहरु बीच बाटोमै रोकिएका छन्। सडक अवरुद्ध हुँदा छोटो तथा लामो दुरिका सवारीसाधन बन्द छन्।

जिल्ला सदरमुकाम मार्तडी र उत्तर पूर्वी भेगमा रहेका चार स्थानीय तहसहित छिमेकी जिल्ला मुगु, हुम्ला, जुम्लालगायका जिल्ला जाने यात्रुहरू समस्यामा परेका स्थानीय प्रेमला धामीले बताए।

पहिरो हटाएर सडक संचालन गर्न भने समय लाग्ने सडक डिभिजन कार्यालय साफेँका सुपरपाइजर चन्द्र गिरीले जानकारी दिए। उनका अनुसार आजै साफेँबाट डोजर पठाइसकेको छ।


ट्रेन्डिङ