धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

डडेल्धुरामा ६ जना जवाडे पक्राउ

डडेल्धुरामा ६ जना जवाडे पक्राउ

डडेल्धुरा । डडेल्धुरामा ६ जना जुवाडे पक्राउ परेका छन्। शनिबार साँझ जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडाका ४० वर्षीय हिक्मत ऐरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ऐरीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले ९५ हजार १०५ नगद र ११६५ पत्ति ताससहित ६ जना जुवाडे पक्राउ परेका हुन्।

प्रहरीले अमरगढी नगरपालिका–५ का ४० वर्षीय हिक्मत ऐरी, नवदुर्गा गाउँपालिका–५ का ३२ वर्षी रमेश रावल, अजयमेरु गाउँपालिका–२ का २२ वर्षीय पुष्कर सुनार, बैतडी, सिगास गाउँपालिका–८ का २६ वर्षीय केशबबहादुर बोहरा, सोही स्थानका ३४ वर्षीय चन्द्रसिंह ऐर र सोही स्थानकै २२ वर्षीय बिक्रमसिंह जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।


 


ट्रेन्डिङ