धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

ब्राउन सुगरसहित २ जना प्रहरी नियन्त्रणमा

ब्राउन सुगरसहित २ जना प्रहरी नियन्त्रणमा

बर्दिया । बर्दियाबाट लागु औषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८ लक्ष्मणाका २२ वर्षिय अबराज खाँ र बाँसगढी नगरपालिका–५ का २८ वर्षिय सिजन पौडेल रहेका छन्।

भारततर्फबाट शंकास्पद रुपमा आईरहेका बेला चेकजाँचको क्रममा उनीहरूलाई गुलरिया नगरपालिका–११ बाईपास रोडबाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरूसँग दुईवटा प्लाष्टिकमा बेरेर राखिएको अवस्थामा ६ सय ७० मिलीग्राम लागुऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए।