धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा

बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा

बैतडी । जिल्लाका छ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

मेलौली नगरपालिका,  दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।  

सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा बाढीको  उच्च जोखिममा छ। जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ का अनुसार बैतडीका चार स्थानीय तहमा पहिराको जोखिम मध्यम छभने पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा पहिराको जोखिम सामान्य छ।

पहिराको उच्च जोखिममा रहेका स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ। 

यो वर्ष १० हजार घरपरिवार दैवी विपत्तिबाट प्रभावित हुने अनुमान गरिएको छ। विपदबाट सृजना हुने  भौतिक र मानवीय क्षति कम  गरी उत्थानशील कार्यलाई सुदृढीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यान्वयन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।


ट्रेन्डिङ