धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा राखिएका बम नेपाली सेनाद्धारा डिष्पोज

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा राखिएका बम नेपाली सेनाद्धारा डिष्पोज

धनगढी

  आज विप्लव निकट नेकपा माओवादीले सुदूरपशिचम बन्दको घोषणा गरेको छ । यसै क्रममा आज बिहानै धनगढी स्थित सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेका थिए । यिस सबै ठाउँमा राखिएका शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिष्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।

   उनका अनुसार सबै ठाउँमा प्रेशर कुकर भित्र शंकास्पद बस्तु राखिएको थियो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा नजिक प्रेशर कुकर भित्र शंकास्पद बस्तु राखिएको  थियो । अहिले धनगढी र आसपासको सुरक्षा ब्यबस्था कडा पारिएको प्रहरी नायव उपरिक्षक बिष्टले जानकारी दिए ।

 सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा सुरक्षाकर्मीको वाक्लो उपस्थिती रहेको छ ।

  सरकारले धमाधम पार्टीका नेता तथा कार्यकर्ता समातेर दुःख दिन थालेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वले आज बन्दको घोषणा गरेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरी रहेको भन्दै विप्लव पार्टी सेतीमहाकाली ब्यूरोले आज सेती महाकाली बन्दको घोषा गरेको हो ।

 सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै सेती महाकाली ब्यूरोले पूर्व निर्धारित कार्यक्रम अनुसार सुदूरपश्चिम बन्दको घोषणा गरेको हो ।

 विप्लव सेती महाकाली ब्युरोले बिहीबार सार्वजनिक गरेको कार्यक्रम अनुसार साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, आज मशाल जुलुस गर्ने र भोली ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने उल्लेख गरेको थियो ।