धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

बझाङमा जंगली च्याउ खाँदा तीनजना बिरामी

बझाङमा जंगली च्याउ खाँदा तीनजना बिरामी

बझाङ । बझाङमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन्।

बिरामी पर्नेमा दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीय तिलक पुजारा तथा उनका छोराहरू १२ वर्षीय दर्शन पुजारा र ५ वर्षीय शुभम पुजारा रहेका छन्।

उनीहरू शुक्रबार दिउँसो १२ बजे विषालु च्याउ खाएर बेहोस भएको र तिलककी श्रीमतीले तत्काल जिल्ला अस्पताल बझाङ ल्याएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीले बताए।

तिलक पुजारा र उनका कान्छा छोरा शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ।

उनीहरू दुबैको अवस्था गम्भीर रहेको सूचना अधिकारी जोशीले बताए।

तिलकका जेठो छोरा दर्शन पुजारा भने सामान्य उपचारपश्चात जिल्ला अस्पताल बझाङबाट डिस्चार्ज भएको उनको भनाइ छ। 


ट्रेन्डिङ