धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

नदीमा डुबेर कैलालीमा दुईजना बेपत्ता

नदीमा डुबेर कैलालीमा दुईजना बेपत्ता

धनगढी ।  कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन्। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी  कर्णाली पुलबाट  परिचय र ठेगाना नखुलेका करिब ६५ वर्षीय पुरुषले शनिबार हाम फालेको प्रहरीले जनाएको छ।  

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले नदीमा बेपत्ता भएका उनको खोजी गरिरहेको जिल्ला  प्रहरी कार्यालय कैलालीले  जनाएको छ। 

यस्तै मोहन्याल गाउँपालिका वडा नम्बर ४ बस्ने २५ वर्षीया कल्पना  बम  बेपत्ता भएकी छिन्।

माइतीबाट फर्किने क्रममा शनिबार सुपली खोला तर्ने क्रममा बगेर उनी बेपत्ता भएको  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।