धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

दार्चुलामा एक पुरुष मृत फेला

दार्चुलामा एक पुरुष मृत फेला

दार्चुला । दार्चुला जिल्लाको नौगाडमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–५ सेलाबगर खोलाको बीचमा अड्किएको अवस्थामा नौगाड गाउँपालिका–३ खारका राईमल सिंह बोहराको ३५ वर्षीय छोरा मनबिर बोहरा (मानसिक सन्तुलन ठिक नभएको) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

इलाका प्रहरी कार्यालत गोकुलेश्वर दार्चुलाबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको प्रहरी टोलीले शवलाई पोस्टमार्टमको लागि गोकुलेश्वर अस्पताल दार्चुला ल्याइरहेको प्रहरीले जनाएको छ ।