धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भजनी नगरपालिका- ८ बस्ने ४७ वर्षीय लल्लन जागालाई वारदात घटनाको २० वर्ष पछि प्रहरीले मंगलबार पक्राउ गरेको छ।

२०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका लल्लनलाई इलाका प्रहरी कार्यालय राजापुर बर्दियासँगको समन्वयमा बर्दिया मधुवन नगरपालिका-४ ढोडरी बजारस्थित बेलुवा चोकबाट पक्राउ गरेको हो।


ट्रेन्डिङ