धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

१ सय ९१ जनाको स्वाव परिक्षण, ७ जनामा कोरोना पुष्टी

१ सय ९१ जनाको स्वाव परिक्षण, ७ जनामा कोरोना पुष्टी

धनगढी

 पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना परिक्षण  प्रयोगशालामा गरिएको एक सय ९१ जनाको स्वाव परिक्षणमा ७ जनामा संक्रमण पुष्टी भएको हो । २४ घण्टामा कोरोना संक्रमण पुष्टी हुनेमा कञ्चनपुरका ४, कैलालीका दुई र बझाङका एक जनामा रहेका सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले बताए ।

 बुधबार थपिएका संक्रमितहरुमा धनगढी उप–महानगरपालिका–१२ का ५३ बर्षीय पुरुष र वडा नम्वर १९ की १८ बर्षीया युवती रहेका छन् । यसै गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का चार बर्षीया बालिका र २४ बर्षीया युवती, बेदकोट नगरपालिका– ४ का २२ बर्षीया युवती र ५२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेण्डेण्ट पाण्डेले बताए ।

 यस्तै बझाङको छवि सपाथिभेरा गाउँपालिका– ६ का २० बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको उनले बताए । यो संगै सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमण हुनेको संख्या चार हजार एक सय ३४ पुगेको छ ।


ट्रेन्डिङ