धनगढी पोष्ट मङ्गलबार, ०६ माघ २०८२   January 20, 2026

तीन युवक लागूऔषधसहित पक्राउ

तीन युवक लागूऔषधसहित पक्राउ

धनगढी । कैलालीमा ३ युवक लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ बसन्त टोलबाट सोही बस्ने २७ वर्षीय सिद्ध साउद, धनगढी उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय सुरेश साउद र धनगढी उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय गोपाल कम्ती पक्राउ परेका हुन्।

तीनै जनालाई ११० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको जनाएको छ। 


ट्रेन्डिङ